मन्दिरको वर्णन
जिर्णोद्धार
वि.सं. १८५९ सालमा पाटनका राजनरसिंहले कोटेश्वर मन्दिरको जीर्णोद्धार गरे । संग्रहालयको शिलालेखकोव्यहोरा पनि राख्ने ।
कोटेश्वर महादेव परिसरका देवदेवी मूर्तिहरू

बसाहाहरू
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि मूल मन्दिरको पश्चिमतर्फदाचिअप्पा र्इँटा बुट्टाद्वारा भुईँदेखि केही माथि उठाइएका ७०”×८९” को शिलाको आसनमा मूल मन्दिरकोपश्चिमतर्फ बसी पूर्व शिवजीतर्फ फर्केका शिलाका कलात्मक २ वटा बसाहा छन्। पछाडिपट्टिको ठूलो रअगाडि सानो साइजका शिलाका २ वाहन शिवध्यानमा तल्लीन भइरहेको अवस्थामा छन्। समाजले २०७७सालमा दाचिअप्पा ईँटा प्रयोग गरी आसन बनाएकोले हालको अवस्था राम्रो छ ।यी बसाहाहरूको निर्माण / स्थापना मूल मन्दिरसँगै गरिएको अनुमान गर्न सकिन्छ तापनि बनेको मिति रनिर्माता÷संस्थापकको आधिकारिक विवरण उपलब्ध नभएकोले अनुसन्धानका लागि भविष्यलाई छोडिएकोछ ।

विष्णुपादुका
वासुकी नागको पूर्वतर्फ १८” × १८” साइजको चौकीमा दायाँ एक पाउको ११”×४” को शिलाको एउटा पाउ अंकित छ । पाइलाको स्वरूप हेर्दा विष्णुभगवान्कोपश्चिमाभिमुख देखिन्छ ।
विशेष ः विष्णुपादुका र नाग नजिकै रहेकाले संयुक्त रूपमा हेर्दा २७.५” × ३२.५” साइजको चौकिभित्रविष्णुपादुका र नाग छन् । समाजले २०७७ सालमा भुइँबाट आसन केही माथि उठाई राम्ररी राखेकोलेअवस्था राम्रो छ । विष्णुपादुकाको निर्माण मिति र निर्माता÷संस्थापक वारे आधिकारिकता प्राप्त नभएकोलेथप अनुसन्धान आवश्यक छ ।

नाग
सत्यनारायण तथा गरूडनारायण मन्दिर अगाडि ९”×१०” को पूर्व फर्केको नागस्थान क्षेत्रमा ६.५” को नागबेली परेको स्वरूपको वासुकी नागको शिला छ । नाग र विष्णुपादुका नजिकै रहेकोले संयुक्त रूपमाहेर्दा २७.५”×३२.५” साइजको चौकीभित्र नाग र विष्णुपादुकाका शिला छन् । जसको पुजारीद्वारा बिहानबेलुका पूजा आरती हुने गरेको छ । नागपञ्चमीका दिन पुजारी एवं समाजद्वारा त्यहाँ विशेष पूजा आराधनागर्ने परम्परा रहिआएको छ । समाजले २०७७ सालमा भूर्इँबाट केही माथि आसन उठाई व्यवस्थित गरीराखेको यस देवस्थानको निर्माण मिति र निर्माता / संस्थापकको स्पष्ट अभिलेखको प्रामाणिक खोजी हुनुआवश्यक छ ।
महादेव मन्दिर परिसरका चारद्वार :

१. पूवीद्वार
कोटेश्वर महादेव क्षेत्र विकास तथा ब्यवस्थापन समाजलेमूल मन्दिरको चारैतिर ४ ढोकाको निर्माण गर्नेनिर्णय गरेकोले पहिलेको पर्खाल भत्काई यो ढोका वि.सं. २०७७ सालमा नव निर्माण गरेको हो ।दाचिअप्पाईँटा प्रयोग गरी नागसमेतको बुट्टा भएको उत्तर–दक्षिण लम्बाई ८’४”× चौडाई ९’७”× उचाइ १४’१०” (गजूरसहित) का २ खम्बा खडा गरी दायाँ बायाँ चन्द्र–सूर्यका आकृति राखिएका छन्। पश्चिमाभिमुख यसढोकाको प्रवेश मार्ग ६’४” को छ । ढोकाको दायाँ खम्बाको माथिल्लो भागमा सूर्य मूर्ति र तल्लो भागकोछेउमा कुमारको मूर्ति राखिएका छन्। यस ढोकामा पनि पित्तलकै झल्लरी छन्। मन्दिर आकारका (त्रिशूलडमरूसहित) फलामका कालो रंग लगाइएका दुई खापा छन्। ढोकाको अवस्था आकर्षक र राम्रो छ ।

३. पश्चिमद्वार (क)
पूर्वाभिमुख यो ढोकाको उत्तर–दक्षिण दाचिअप्पा ईँटा प्रयोग गरी बुट्टा भएका २ खम्बा माथि पित्तलकोछानामा ३ वटा गजुर र चारैतर्फ देव आकृतिका पित्तलकै विग्रह छन् । वरिपरि पित्तलकै झल्लरी भएकोवि.सं. २०७७ सालमा कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजद्वारा नवनिर्मित यो ढोकानिकै आकर्षण छ । यो ढोकामा मन्दिर आकारका (त्रिशूल डमरूसहित) फलामको कालो रंग लगाइएका २खापा छन् । खम्बामा पूर्व–पश्चिम दुवैतर्फ कलश बुट्टा छन् । लम्बाई ७’११”× चौडाई १०’११”× उचाइ१५’११” (गजूरसहित) उचाइको यो ढोकामा ६’२” प्रवेश मार्ग रहेको छ । यस ढोकाको बाहिरी भागमागणेश र कुमारका विग्रह राख्न खोपा तयार गरिएका छन् । जोका लागि शिलाका मूर्तिहरू पनिल्याइसकिएको बुझिएको छ । अन्य ढोकाहरूमा जस्तै नियमित सरसफाईको व्यवस्था भएकोले अवस्थाराम्रो छ । यो ढोका निर्माणमा काठमाडौं महानगर पालिकाद्वारा रू. ९,००,००० / – सहयोग प्राप्त भएको रबाँकी समाजले व्यहोरेको जानकारी पाइएको छ

पश्चिमद्वार (ख)
भवानी स्थानपछाडि पश्चिमतर्फ दाचिअप्पा ईँटाको खम्बामा फलामको मन्दिर आकारको लम्बाई ६’९”× चौडाई ६’× उचाइ ६’९” (गजूरसहित) साइजको दुई खापे फलामे कालो एउटा ढोका छ । समाजले नियमित रूपमा सरसफाई गर्ने गरेकोले यसको अवस्था राम्रो छ । पहिले भवानी स्थानमा दक्षिणतर्फबाट प्रवेश गर्दा विद्यमान रहेको ढोकालाई आवश्यकता अनुसार कालान्तरमा स्थानान्तर गरी भवानी स्थानको पछाडिपट्टि व्यवस्थित गरिएको यो ढोका भक्तजनहरूको भीड भएको अवसरमा वा आवश्यकता अनुसार प्रयोग गर्ने गरिन्छ ।

४. उत्तरद्वार
समाजले मूल मन्दिरको चारैतिर ४ ढोकाको व्यवस्था गर्ने निर्णय अनुसार पुरानो पर्खाल भत्काई यो ढोका वि.सं. २०७७ सालमा नवनिर्माण गरेको हो । दाचिअप्पा ईँटा प्रयोग गरी बुट्टा भएको पूर्व पश्चिम लम्बाई ९’११”× चौडाई ९’११”× उचाइ १४’११” (गजूरसहित)का २ खम्बामध्येबायाँ चन्द्रमा र दायाँतर्फ गणेश सूर्यका मूर्ति राखिएका छन् । दक्षिणाभिमुख यस ढोकाको प्रवेश मार्ग ५’११” को छ । ढोकाको तल्लो भागमा बायाँ र दायाँतर्फ कुमारका मूर्तिहरू राखिएका छन्। मूल ढोकाबाहेक तीनवटै ढोका आकृतिमा एकै प्रकारका गर्ने नीति अनुसार यस ढोकामा पनि पित्तलकै झल्लरी छन् । मन्दिर आकारको (त्रिशूल, डमरूसहित) कालोरंग लगाइएका फलामका दुई खापा छन्। यो ढोका निर्माणमा कोटेश्वरनिवासी डा. भद्रा भण्डारी पराजुलीद्वारा रू. २,००,००० प्राप्त भएको र बाँकी समाजद्वारा व्यहोरिएको जानकारी पाइएको छ । यो ढोका नियमित सरसफाई हुने गरेकोले ढोका क्षेत्र राम्रै छ । सामान्यतया नखोलिए पनिआवश्यकता अनुसार प्रयोग हुने गरेको छ ।

दक्षिणी मूलद्वार
यो मूलद्वार साविकको स्थानमा स्व. देवीप्रसाद–योगमाया पराजुलीकी बुहारी स्व. मुकुन्दप्रसाद पराजुलीकी श्रीमती सुशीला पराजुली एवं छोरा–बुहारी बटुककृष्ण–संगीता र शिक्षित–आज्ञा पराजुलीहरूद्वारा निजी लागतमा २०६७ साउन १ गते शनिवार पुनः निर्माण गरिएको हो । यस द्वारका पूर्व–पश्चिम २२’ × २२’ का २ वटा दाचिअप्पा बुट्टे ईट्टाका खम्बा छन्। १९’ उचाइको यस द्वारको भित्री प्रवेश मार्ग १०’८” को छ। दक्षिणबाट मन्दिर क्षेत्र प्रवेश गर्दा दायाँ खम्बाको माथिल्लो भागमा सूर्य र बीचको भाग एवं तल्लो भागमा कलशका प्रतीकहरू अंकित छन् भने बायाँतर्फको खम्बामा माथिल्लो भागमा चन्द्रमा र बीचको भाग एवं तल्लो भागमा कलशका प्रतीक अंकित छन् । त्यस्तै दायाँ खम्बासँगै कुमार र बायाँ खम्बासँगै गणेशका मूर्तिहरू राखिएका छन्। कालो पत्थरका ती मूर्तिहरूले मूलद्वारको शोभा बढाएका छन्।
मूलद्वारको माथिल्लो भागमा टुँडालसहित आँखिझ्यालका जस्ता बुट्टा छन्भने धातुका ३ वटा गजूर छन्। यसद्वारसँगैको गणेशको श्रीविग्रहमाथि कालो ग्रेनाइटमा पहेलो रंग प्रयोग गरी ठूला अक्षरमा कोटेश्वर महादेव मन्दिर लेखिएको छ ।
समाजद्वारा नियमित सरसफाईको व्यवस्था र पुजारीद्वारा देवविग्रहको बिहान बेलुका पूजा आरती हुने गरको छ । सँधै आकर्षित यो द्वार विशेष शिवदिवस तथा पर्वहरूमा विद्युतीय सजावटसहित विशेष आकर्षित बनाउँदै आइएको छ । यथाअवसर सरसफाई एवं रंगरोगन हुने गरेकोले – हालको अवस्था राम्रो छ । यो मूल ढोका पुनः निर्मााण हुनुअघि ईँटाका दुवै खम्बामा सुर्कीको जडान भई सेतो चुनाको रंग भएका माथिपट्टि सेतो रंगकै आर्क आकार ३ वटा आकर्षक बुट्टा थिए ।

पर्खाल/वार
मन्दिरको सुरक्षार्थ पाटी–सत्तलबाहेक परिसर वरिपरि ढोकाहरूका अतिरिक्त दाचिअप्पा ईँटाका पर्खाल र पर्खालमाथि फलामको वार लगाइएको छ । वारमा पंहेलो रंग लगाइएकोले निकै आकर्षक देखिन गई परिसरको शोभावृद्धि भएको छ ।

भवानीस्थान
कोटेश्वर महादेव मन्दिर परिसरको भित्रि पश्चिमी भागमा अवस्थित भवानी स्थान मन्दिरको बाहिरी एवं पूर्व–पश्चिम लम्बाई १६ फिट, बाहिरी उत्तर–दक्षिण लम्बाई १०’९” र गजूरसहितको उचाइ २७’६” फिट छ। शिखर शैलीको दक्षिणाभिमुख मन्दिरको उत्तरी भित्तामा पूर्व–पश्चिम फैलिएको शिलाको तोरणमुनि दक्षिणाभिमुख शिरोभागरहित आकार स्पष्ट नदेखिने एवं भित्ताको फेदमा कालो शिलाको कुण्डमा कलश आकारको श्रीविग्रह छ जसलाई परम्परागत रूपमा भवानी नामबाट सम्बोधन गरी पूजा गरिदै आएकोमा समाजले भगवतीको मस्तक भागको आकृति फुटेको देखेको कारण छिन्नमस्ता नामको बोर्ड राखेको छ ।कतिपयले यी देवीलाई केदारेश्वरी भन्नेगरेको पनि ललितपुर (पाटन) निवासी जोशी थरका नेवारहरू तन्त्र विद्यामा आस्था/विश्वास राख्ने भएकाले चाँगुनारायण स्थित छिन्नमस्त्ता देवीलाई कुलदेवीका रूपमा पूजागर्दथे । कालान्तरमा सो ठाउँ टाढा भएकोले तिनै छिन्नमस्त्ताको स्वरूप मानी यस कोटेश्वर मन्दिर परिसरभित्र स्थित भगवती मन्दिरमा आएर पूजा आराधना गर्नुका साथै बली दिने कारणले यो मन्दिर छिन्नमस्त्ताको हो भन्ने केही भक्तहरूको भनाई रहेकोमा २०८१ साल चैत ८ गते नेपाल संस्कृत विश्व विद्यालयका पूर्व शिक्षाध्यक्ष तन्त्रविद् प्राध्यापक श्री विद्यानाथ उपाध्यायले स्थलगत भ्रमण गर्दा यो मन्दिर छिन्नमस्त्ता जस्ती कडा देवीको नभएको राय व्यक्त गर्नु भएको छ । खास नामकरण जे जस्तो भए पनि भगवतीको स्वरूपको पूजा आराधना कोटेश्वरवासीका अतिरिक्त पाटनका जोशीहरूले विशेष पर्वहरूमा गरिरहनु भएको अवस्था छ । भवानी स्थानमा गणेशको पनि एक सानो मूर्ति छ ।
पुजारीद्वारा दैनिक साँझ–बिहान पूजा आरती गरिंदै आएको यस मन्दिरमा कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजले मिति २०७९–८–२७ मा पं. कृष्णप्रसाद खनालको संयोजकत्वमा धार्मिक सांस्कृतिक तथा सामाजिक उपसमिति गठन गरेपछि उपसमितिले विशेष पर्वहरूमा भगवतीको पूजा आराधना एवं चण्डीपाठ समेत गर्दै गराउँदै आएको सुखद अवस्था छ ।
वि.सं २०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर काठमाडौँ महानगरपालिकाको आर्थिक लगानीमा कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्था समाजद्वारा पुरानै स्वरूपमा २०८० सालमा जिणोद्धार गरी अझ व्यवस्थित एवं आकर्षक बनाइएको छ ।
ढुंगाका २५” उचाइ, २१” चौडाई भएका भुईँबाट ८” उँचाई र २५” चौडाईको आसनमा ढोकाका दुवैतिर एकजोडी शार्दूलहरू द्वारपालका रूपमा स्थापित छन्। मन्दिरका खुला तीन ढोकामध्ये बीचको ढोकाअगाडि बसाहाको मूर्ति देवीतर्फ फर्केको अवस्थाको छ । भुइँबाट ५” को उचाइमा स्थित खिइएको अवस्थाको बसाहाको साइज लम्बाई१२”, चौडाई ८” उचाईँ ४” को छ ।
यो लेख तयार भइरहेको अवसरमा ललितपुरको शंखमूलस्थित जोशी समाजले २०८२/०२/१८ गते समाजलाई पत्र लेखी यी देवी आफ्नी कुलदेवी भएकीलेछिन्नमस्ता नभैचामुण्डा (यतामाजु) हुनु भएकोले चामुण्डा नामाकरण गर्न सुझाव/अनुरोध गर्नुका साथै मन्दिरमा स्थित देवदेवीको आसन अनुसार लेखोट पनि प्रस्तुत गर्नु भएको छ । उहाँहरूका अनुसार यी यता माजु देवीको महानवमी र लगनखेलमा मच्छिन्द्रनाथको जात्रापछि कुमार षष्ठीका बीचमा साइत जुराएर अनिवार्य पूजा गरिनुका साथै अन्य जन्मदिनका अवसरहरूमा पनि पूजा गरिन्छ । दैवज्ञ धर्मध्वाज जोशीले सम्बत् १९६९ श्रावण शुक्लपक्ष पूर्णिमामा संस्कृत भाषमा लेख्नुभएको हस्तलिखित ४५ पृष्ठको कोटेश्वर चामुण्डा पूजापद्धति नामकोपुस्तक आपूहरूसँग रहेको उहाँहरूको दावी छ । यो मन्दिर र भवानीको श्रीविग्रहको नाम संस्थापक र संस्थापन मिति थाहा हुन नसकेकोलेनिक्र्यौलको लागि थप अनुसन्धान आवश्यक छ ।

पशुपतिनाथ
सेतो रब्गको सिंगमरमरको बसाहा एवं जलहरी तथा जलहरीबाट निसृत जल खस्ने आह्रीसमेत सेतो रब्गकै सिंगमरमरको पशुपतिनाथको भूईदेखि ३’ फिट माथि आसनसहितकोशिवलिब्ग छ । मन्दिरको पूरा उँचाई भूईँदेखि १२ फिट अग्लो (गजूरसमेत) छ । बसाहासहित जलहरीमाथि सेतो रंगको शिवजीको श्रीविग्रह छ । पुजारीद्वारा साँझ–बिहान दैनिक पूजा आरती हुँदै आउनुका साथै विशेष पर्व अवसरमा विशेष पूजा अर्चना गर्ने गरिन्छ । कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि पुरानो ईँटाको गुम्बज शैलीको करिब२० फिटको मन्दिर जीर्ण भै भत्केकोले हाल छत भएको खुला मन्दिर निर्माण गरी समाजद्वारा २०८१ सालमा जिर्णोद्धार गरेर विधिवत् प्राणप्रतिष्ठा पूर्वक गरी स्थापना गरेर पूजा गरिदै आएको छ । गुम्बज शैलीको पुरानो मन्दिर निर्माता र निर्माण मिति थाहा नभएकोले अनुसन्धान हुनु आवश्यक छ ।
पुरानो मन्दिरसँगै आग्नेय कोणमा कालो प्रस्तरको सानो शिवलिब्ग थियो । भक्तहरूद्वारा जलार्पण र पूजा गरिने सो शिवलिङ्गको संस्थापक र स्थापनाकाल पनि थाहा हुन सकेको छैन । मन्दिर परिसरको जीर्णोद्धारको क्रममा सो शिवलिब्ग संरक्षणको लागि परिसरकै पीपल वृक्षमुनिका अन्य देवता तामाको शिवलिब्गसँगै सुरक्षित रूपमा राखिएका छन् । परिसरभित्रका प्रत्येक देवस्थानमा भक्तहरूद्वारा चढाइएको जल र पूजाप्रसाद बाहिर बग्न नदिई नकुल्चिने गरी थप व्यवस्था गर्नुपर्ने देखिन्छ ।

यज्ञकुण्ड
कोटेश्वर महादेवस्थान परिसरमा मूल मन्दिरको सामुन्ने (दक्षिणतर्फ) आँगनमा लम्बाई ५७”×चौडाई ५१”तथा गहिराई २४” भएको एक यज्ञकुण्ड परम्परादेखि रहेको छ । यज्ञकुण्डमा महाशिवरात्रि, त्रिपुरोत्सव एवं अन्य विशेष पर्वका दिन पूजा/हवन/धुनी जगाउने आदि कार्य गर्ने गरिएको र परिसरको नियमित सरसफाई हुने गरेकोलेहालको अवस्था राम्रो छ ।

नाग निस्किएको प्वाल
कोटेश्वर महादेव मूल मन्दिरको पेटीबाहिर अगाडि, एकपट्टि मनकामना/गौरी र अर्कोपट्टि राधाकृष्ण मन्दिरकोतल पेटीको भुर्इँमा आ.व. २०७६÷७७ मा मन्दिरको मर्मत संभार कार्य गर्ने क्रममा खन्दा सानो प्वालबाट एउटा नाग/सर्प निस्किएको थियो । पंहेलो–हरियो–खैरो रंगको सानो तर लामो त्यो नागको समाजका पदाधिकारी श्री सनातन ढकालले फोटो खिचेका थिए । नाग निस्किएको सो प्वाल हाल सुरक्षित रहेको र प्वालबाट भित्र चियाउँदा ढुब्गाको संरचना देखिन्छ ।
सानो बाटिका
कोटेश्वर महादेवस्थान परिसरको बाहिरपट्टि पश्चिमतर्फ ओर्लने सिँढीको मुखैमा सार्वजनिक शौचालयनजिकै एउटा सानो तर फराकिलो बाटिका छ । पूर्वतर्फ १५’४” र × उत्तरतर्फ ३९’१०” परिमाणको यो बाटिका काठमाडौं–३२ वडा कार्यालयले आ.व. २०७९÷८० मा निर्माण गरेको थाहा हुन आएको छ ।

सार्वजनिक शौचालय
कोटेश्वर महादेवस्थान परिसरको बाहिरपट्टि पश्चिमतर्फ समाजद्वारा निर्मित एउटा सार्वजनिक शौचालय २०६९/७० सालदेखि प्रयोगमा छ । प्रयोग गरेवापत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको त्यो शौचालय
एकापट्टि पुरूष र अर्कोपट्टि महिलाले प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । पुरूषतर्फ एक पटकमा पिसाब गर्न ३ जना र दिसा गर्न २ जनाले प्रयोग गर्न सकिन्छ भने महिला प्रयोगकर्ताका लागि तीनवटा कोठा बनाइएका छन्। सरसफाइका लागि धारो, बेसिन, साबुन, ऐना, रूमाल आदि व्यवस्थित त्यो शौचालयमा पिसाब गरेको रू. ५।– र दिसा गरेको रू. १०।– शुल्क तिर्नु पर्छ । त्यसरी उठेको शुल्क सरसफाई प्रयोजनमा खर्च गर्ने गरिएकोलेसरसफाई राम्रो छ । यो शौचालय मूल मन्दिर निकट रहेकोले स्नानकक्षको पनि व्यवस्था गर्न सके अझ राम्रो हुनेअनुभव गरिएकोछ ।

ठूलो घण्ट
कोटेश्वर महादेवस्थान परिसरमा मूल मन्दिरकोसामुन्ने निर्मित यज्ञकुण्डको नजिकै दक्षिणतर्फ एउटा ठूलो घण्ट छ । ढुङ्गाका २ ठूला ७४१/२” × ३४” इन्च मोटाईका खम्बा र खम्बाहरूमाथि राखिएको ढुङ्गाकै निदालमा धातुका किलामा व्यवस्थित फलामे मोटो सिक्रीमा झुण्ड्याएकोरालोसहितको ठूलो घण्ट छ । ७५” (६’×३”) इन्ची परिधि भएको ३१” इन्च अग्लो साइजको ठाउँ ठाउँमा किसिम किसिमका बुट्टाहरू कुँदिएको ढलौटको त्यो घण्ट बजाउन सजिलो होस् भनेर ६ इन्च गोलाइको रालोमा समाउने एउटा २० इन्च परिधिको गोलो फलामको रालोको समेत व्यवस्था गरिएकोछ ।
त्रिशूलको चिन्हसहितको घण्टमा “स्वस्तिश्री मदतिप्रचण्ड भुजदण्डेत्यादि श्री ३ महाराज जङ्गबहादुर राणा जिसिबि आण्ड जिसियस् आइथोङ्ग जिब् पिम्मा कोकाब्वाब् स्यान् प्राइम मिनिष्टर याण्ड कमाण्डर इनचिफका महारानी श्री श्री श्री कृति भक्तिकुमारी देवी सुपुत्र श्री जनरल डम्बरजङ्गबहादुर राणाबाट श्री श्री श्री कोटेश्वर प्रीति गरी चह्राइबक्स्याको तौल ६५ धार्निका घण्ट ।। शुभम् ।।” व्यहोरा अंकित छ । निर्माण मिति सम्वत् १९३५ साल कात्र्तिक शुदी रोज..........लेखिएको त्यस घण्टको अन्त्यमा नागको चिह्नसमेत अंकित छ ।
उक्त व्यहोरा अंकित घण्ट हालको भन्दा पुरानो थियो । उसबखत घण्ट बज्दा टाढाटाढासम्म आवाज सुनिने सो घण्ट धेरै कालसम्म बजाउँदा रालोको ठक्कर लाग्ने ठाउँमा चर्किएर ठूलै चोइटो खसेको कारण बजाउन अप्ठारो भएकोलेकोटेश्वर नरेफाँट/अष्ट्रेलिया/अमेरिका ठेगाना लेखिएका भुवनराज तिमल्सिनालगायतले अर्को बनाइदिने भन्नुभएकोमा कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजले सोही धातु (ढलौट) गाली पुरानै स्वरूप र व्यहोरा कुँदी दुरूस्त बनाइदिने गरी स्वीकृति दिएपछि सोही अनुसार निजहरूले रू. ५,५०,०००।– को लागतमा तयार गरी २०७६।४।२५ मा सोही स्थानमा जडान गर्नु भएर कोटेश्वर महादेवमा अर्पण गर्नु भएकोले निर्माताहरूको नाम र व्यहोरा घण्टमुनि कालो ग्रेनाइटमा पँहेलो अक्षरमा कुँदेर टाँस गरिएको छ । २०७६/४/२५ मा पुनर्निर्माण भएको सो घण्ट हाल राम्रो अवस्थामा देखिए पनि बजाउने क्रममा घण्टको दक्षिणतर्फ एक चोइटो खसिसकेकोले थप मर्मतको आवश्यकता देखिन्छ ।

सांगीतिक वाद्य तथा विद्युतीय यन्त्र भण्डार कक्ष
कोटेश्वर महादेवस्थानको दक्षिणपट्टि रहेको मूल ढोकाबाट भित्र पस्नासाथ दाहिनेतर्फ उचाइ ७’९”, चौडाइ ४ फिट र लम्बाई ६” को आल्युमिनियम प्यानेल (प्रिफ्याब) द्वारा निर्मित एउटा सानो कक्ष छ । कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजद्वारा वि.सं. २०७९ सालमा बनाइएको छ यस कक्षमा आरतीका सांगीतिक वाद्ययन्त्रहरू र माइकलगायत विद्युतीय सामग्री राख्ने गरिएको छन्। सानो चिटिक्क परेको यस कक्षको हालको अवस्था आकर्षक र राम्रो छ ।

ज्येष्ठ नागरिक फलैँचा
महादेवस्थान परिसरमा बाहिरपट्टि एउटामा ३–४ जना व्यक्ति बस्न मिल्ने स–साना ५ वटा फलैँचा छन् । सुदूरपश्चिम समाज, बद्री रायमाझी, कोटेश्वर, जीवनाथ खोजु श्रेष्ठ, धुलिखेल, ज्ञानेन्द्र गोपाल धुँजु, नयाँबानेश्वर र नाम उल्लेख गर्न नचाहने थप एक जना दाताले पानी ओतिने छतसहितका १/१ ओटा बेञ्च निर्माण गरिदिनु भएका ती बेञ्चहरूले ज्येष्ठ नागरिकहरू लगायत अन्य दर्शनार्थी, भक्तजन र सर्वसाधारणलाई धेरै सहयोग पुगेका छन्। पाँचैवटा वेञ्चको हालकोअवस्था राम्रो छ ।

पंक्षी आहारा–पानी स्थल
कोटेश्वर महादेवस्थान परिसरमा भित्र एउटा र बाहिर एउटा समेत जम्मा २ स्थानमा परेवा एवं चराचुरूब्गीहरूलाई, आहारा–पानी दिने गरिएको छ । बाहिर ढुंगा छापिएको ठूलो ठाउँ छ भने भित्र
मन्दिरको मूल ढोकाबाट पस्नासाथ सामुन्नेको खाली स्थान आहारका लागि प्रयोग गरिएको छ । पानीका लागि बाहिर सिमेन्टका २ वटा आह्री–अटल छन् भने भित्र स्टिलको ठूलो बाटा प्रयोग गरिएकोमा हाल प्लास्टिकका २ वटा लाम्चा र एउटा गोलो भाँडा राखिएका छन्। बाहिर ठूलो स्थान भएकोले धेरै परेवाहरू दाना टिपेर उडेको दृश्य रमाइलो र आकर्षक देखिन्छ । परेवा
उड्दाको हावा शरीरमा पर्दा टि.बी. रोग भएमा रोग निको पार्नमा फाइदा गर्छ भन्ने भनाई छ । ठूला उत्सव र विशेष पूजाका निम्ति बाहिरी परिसर प्रयोग गर्ने गरिएको छ । भित्री परिसरमा पनि विभिन्न किसिमका धार्मिक पैतृक र विवाह–व्रतवन्ध आदि संस्कारहरूका साथै सामाजिक कार्यहरू समाजको स्वीकृति लिएर गर्ने गराउने गरिएको सुखद अवस्था छ ।

खरीको वृक्ष (Celtis australis)
कोटेश्वर महादेव स्थान परिसरमा पश्चिमतर्फ रहेको सिँढीकोबाटो ओर्लदा सिँढीको मुखैमा उत्तरतर्फ तथा मूल मन्दिरको पश्चिम ढोका सामुन्ने पश्चिमतर्फ अवस्थित चौतारोको बीचमा कोटेश्वर महादेवस्थानको शोभा बढाई खडा भैरहेको खरीको वृक्षले मन्दिर परिसरको शोभा बढाएको छ । फेदको हालको गोलाई ६ फिट २ इन्च र उचाइँ ४७.५” रहेको यो वृक्ष ५० वर्षभन्दा पुरानो भएको भन्ने भनाई छ । वरिपरि दाचिआँपा ईँटाबुट्टासहितको चौतारो बनाइएकोले सो चौतारो र वृक्षको हालको अवस्था राम्रो छ ।

वरको वृक्ष (Ficus benghalensis)
कोटेश्वर महादेवस्थान परिसरमा बाहिरपट्टि सार्वजनिक शौचालय नजिक एउटा बरको वृक्ष अवस्थित छ । यस वृक्षको फेदको गोलाई हाल ४२ इन्च र उचाइ ३४’९” रहेको पाइयो । उक्त वृक्ष रोप्ने स्थानीय स्व. रामनाथ भट्टराई र स्व. विष्णुप्रसाद रिमाल भएको कुरा स्व. रिमालकी धर्मपत्नी श्रीमती जानकी रिमाल र मन्दिरको सरसफाई गर्दै आउनु भएकी मीना देउलाले बताउनु भएको हो ।

पीपल वृक्षहरू (Ficus Religiosa) २, ३
कोटेश्वर महादेवस्थान परिसरभित्र सँगै समान रूपले ठडिएर फैलिरहेका पीपलका दुई वृक्षमध्ये पहिलो दक्षिणतर्फ र दोस्रो उत्तरतर्फ अवस्थित छन्। दक्षिणतर्फको वृक्षको आयु १५० वर्ष जतिको र उत्तरतर्फको १५० वर्षभन्दा थोरै कम जस्तो लाग्दछ । यी वृक्षहरू मध्ये दक्षिणतर्फको वृक्षको २०८१ चैतमा नाप गर्दा उँचाइ ८०’ ७’ फेदको गोलाई २६’ तथा उत्तरतर्फको वृक्षको उचाइ ५९’६” र फेदकोगोलाई १७” फिट भएको पाइयो ।

काइँयोका वृक्ष (Grevilla robusta)१,२
कोटेश्वर महादेवस्थानको परिचय र शोभा बढाउने काईँयोका दुई वृक्षमध्ये एउटा वृक्ष महादेवस्थान परिसरभित्र सरस्वती मन्दिरको दक्षिणतर्फ अवस्थित छ । यो वृक्ष १५० वर्ष भन्दा पुरानो भनी आकलन गरिएको पाइन्छ । फुलेको बखत यसका पँहेला फूलले वरिपरिको शोभा झनै बढाउँछन् । यस वृक्षको फेदको हालको गोलाई २४’ र उँचाई ८०’ छ । समाजद्वारा २०७७ सालमा ईँटाको चौतारो निर्माण गरिएकोयस वृक्षमा पीपलका ऐजेरू देखिन्छ ।
कोटेश्वर महादेवस्थान परिसरमै बाहिरपट्टि कार्इँयोको दोस्रो वृक्ष अवस्थित छ । यो वृक्ष पनि १०० वर्ष भएको भनाई रहेको पाइयो । यस वृक्षको बीच भागमा पीपलको एैंजेरू छ । यो दोस्रो वृक्षसँगै रहेको रूद्राक्षको वृक्षलाई समेत हुने गरी एउटै चौतारो बनाई संरक्षण गरिएको छ । दोस्रो काईयोको वृक्षको फेदको हालको गोलाई ११’७” रहेको छ भने उँचाई ८३’६” रहेको नाप गरियो । यो दोस्रो वृक्षसँगैरहेको रूद्राक्षको वृक्ष २०७४÷७५ सालमा कोटेश्वरनिवासी रामप्रसाद ढकालले रोप्नु भएको कुरा स्थानीय आत्माराम रिजालले बताउनु भएको छ । रूद्राक्षको विरूवा रोपेको ठाउँमा पहिले काईँयोकै बूढो रूख थियो । सो रूख धोत्रिई भित्रभित्रै खाली भै रहेकोले खाली ठाउँमा रूद्राक्षको बिरूवा रोपिएको होभन्नु हुन्छ वहाँ

अमलाको बिरूवा (Phyllanthus emblica)
कोटेश्वर महादेवस्थान परिसरको पूर्वोउत्तर कोणमा ६४ शिवलिङ्गसहित द्वादशज्योर्तिलिङ्ग गरिएका छन् । स्थापित मूलमन्दिरको ईशान कुनामा बिजुलीको ट्रान्स्फरमर नजिकै एउटा अमलाको बिरूवा रोपिएको छ । जसले भर्खर सरेर आकार लिंदैछ । २०८० सालमा सामूहिक रूपमा बिरूवा सारी÷रोपी कुष्माण्ड नवमी तिथिका दिन सो अमलाकोफेदमा धार्मिक उपसमितिसहित समितिद्वारा भगवान्नारायणको सामूहिक पूजा आराधना गरिएको थियो । यस्तो पूजाको परम्परा वार्षिक रूपमा चलोस् भन्ने उद्देश्य राखिएको छ । कोटेश्वरनिवासी शान्ता खड्काले ल्याएको भनी बुभ्नमा आएको सो अमलाको विरूवा २०८२ जेठमा अलि वर इनार नजिकैसारिएको छ ।

ऋषेश्वर महादेव तथा सप्तऋषि मन्दिर
साविक कोटेश्वर, हाल घट्टेकुलो क्षेत्रनिवासी डा. मदनकुमार भट्टराईले आफ्नी आमा होमकुमारी (मिश्रीनानी) भट्टराईको सम्झनामा २०५२ सालमा (?) योसप्तर्षि मन्दिर निर्माण गरी स्थापना गर्नु भएको हो । मन्दिरभित्र सिंगमरमर छापिएको भुर्इँदेखि २’ माथि सेतो सिंगमरमरको अध्र्यमा शिवलिङ्ग–ऋषेश्महादेवको र मन्दिरको पश्चिमपट्टि भित्री भित्तामा अरून्धतीसहित सप्तऋषिहरूका लम्वाई ७” चौडाई ४” साइजका मूर्तिहरू पूर्व फर्केका अवस्थामा छन् । मन्दिरको साइज लम्वाई १२’× चौडाई १२’ र अग्लाई करिब २०’ को छ । समाजले २०७७ सालमा जसको बाहिरी स्वरूपलाई दाचिअप्पा ईँटा बुट्टाले जीर्णोद्वार गरेको छ ।
मन्दिरमा पूर्व र दक्षिणपट्टि दुई बुट्टेदार काठका २ खापा भएका ढोकासहित लम्बाई ६९” चौडाई ४३” का ढोकाहरू छन् । पूर्वी ढोकाका दायाँ बायाँ सेतो ढुङ्गाका लम्बाई ७” को ५”× लम्बाई ७” चौडाई ५” साइजका लक्ष्मी र सरस्वतीका विग्रहहरू छन्। दक्षिण ढोकामा सेतो ढुङ्गाका लम्बाई ७” को ५”× लम्बाई ६” चौडाई ५” साइजका गणेश र कुमारका विग्रहहरू छन्। मन्दिरमा पश्चिम र उत्तरतर्फ बुट्टेदार काठका २/२ खापा भएका चौकोससहित लम्बाई ३९”× चौडाई ३८” का आँखिझ्यालहरू १/१ वटा छन्। पँहलो एउटा गजूर भएको प्यागोडा शैलीको मन्दिर छ । गजूरसँगै एउटा त्रिशूल पनि छ । भुँईदेखि २ खुडकिलाउक्ली मन्दिरभित्र प्रवेश गर्न सकिन्छ । मन्दिरको वरिपरि १ फिटको पेटी पनि छ । पेटीमा पनि दाचिअप्पा ईँटाको गाह्रो र माथि कालो ढुङ्गा छापिएको छ । बिहान–बेलुका पूजा आरती हुने गरेको यस मन्दिरमा ऋषिपञ्चमी एवं तीजका बखत महिला आमा दिदी बहिनीहरूले पूजा अर्चना गर्दै आउनु भएको यस मन्दिरको स्थापनालेमहिलावृन्दलाई विशेष सजिलो भएको छ ।

बिजुलीको खम्बा र बिजुली बत्ती
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि समाजले विभिन्न स्थानमा जम्मा ९ वटा खम्बामा जम्मा २० वटा १०० वाटका LED वल्वहरू राखी साँझदेखि मध्यरात सम्म मन्दिर परिसर वरिपरि उज्यालो पार्ने गरेको छ भने रामायण भजनमण्डलकोबाहिरी परिसरमा ठूला साना विभिन्न वाटका १५ वटा वल्व जडान गरी बत्तीको व्यवस्था पनि समाजले गरेको कार्य सराहनीय छ ।
सिसिटिभि क्यामरा
मन्दिरको सुरक्षाका लागि भित्रि–बाहिरी परिसरको मूलढोकामा १, बाहिर ठाउँ–ठाउँमा ३, भित्रि परिसरको ढोकामा १, भजनमण्डलको कुनामा १, मूल मन्दिरको ढोकामा १ गरी जम्मा ७ वटा सिसिटिभि क्यामरा समाजद्वारा २०८० असोज १९ गते जडान गरी सुरक्षा प्रबन्ध गरिएको छ ।

सीताराम र राधाकृष्ण मन्दिर
कोटेश्वर महादेवस्थान परिसरमा मूल मन्दिरको पूर्व एवं सरस्वती मन्दिरको उत्तरतर्फ गजूरसहित लम्वाई ९’× चौडाई ४’९” को एउटा खुला मन्दिर छ । २०५२ माघ १८ गते विहिवारका दिन डिल्लीबजार काठमाडौं निवासी छोरा विजयप्रसाद लोहनी सहित मनोरमा लोहनीद्वारा स्थापित यो मन्दिर २०७७ सालमा समाजद्वारा जीर्णेद्वार गरिएको छ । मन्दिरको पूर्वपट्टि भित्तामा बनाइएको पिंढीमाथि शिलाको आसन बनाएर बाँसुरी बजाइरहेका, देव्रे हातमा कमलको पूmल र दाहिने हात अभय मुद्रा अवस्थाको कालो शिलाको कमलपुष्प माथि उभिएको राधासहित श्रीकृष्ण भगवान्को युगलजोडीको श्रीविग्रह छ । भूईदेखि १.५ फिट उँचाईमा शिलाको आसनसहित लम्वाई ३२” × चौडाई १६” को सो विग्रह निकै आकर्षक देखिन्छ भने पश्चिमपट्टि भित्तामा कालो शिलाका सीताराम, लक्ष्मण र हनुमानका विग्रह छन्।
प्रस्तुत मन्दिर स्व. विष्णुप्रसाद लोहनीको सम्झनामा लोहनीहरूले मन्दिरमा प्रस्तर फलकसमेत छापी राधाकृष्ण, सीताराम–लक्ष्मण–हनुमानको मन्दिर निर्माण गरेको मन्दिर उत्तरभित्तामा टाँस गरिएका शिलालेखमा उल्लेख छ । संयुक्त विग्रहको साइज आसनसहित लम्वाई ३४”×चौडाई १६” को छ । हाल यो मन्दिरको अवस्था राम्रो छ । पुजारीद्वारा नित्य पूजा आरती हुने गरेको यस मन्दिरमा श्रीकृष्ण जन्माष्टमी र रामनवमी जस्ता विशेष पर्व पर्वमा उपसमिति एवं समाजद्वारा विशेष पूजा अर्चना हुने गरेको छ ।

ब्राह्मण तथा पुरोहित बस्ने स्थानको व्यवस्थापन
कोटेश्वर महादेवस्थान परिसरमा बाहिरपट्टि पश्चिमतर्फ ज्येष्ठ नागरिक बेञ्च नजिक ७/१० जना ब्राह्मणहरू भक्त/ब्रतालु आदिको गोदान/पूजा/पाठ/श्राद्ध आदि गराइदिन प्रत्येक दिन बस्ने गर्नुभएको छ। वहाँहरूलाई स्थान उपलब्ध गराएवापत समाजले प्रतिमहिना प्रतिब्राह्मण रू १०००।– लिने गरेकोमा हाल सो व्यवस्थापन निःशुल्क छ । ब्राह्मणहरू कोटेश्वरमा सम्पन्न कोटिहोम समय २०५४/५५ सालदेखि बस्दै आउनु भएको बुभ्नमा आएको छ ।
फूल तथा पूजासामाग्री पसल क्षेत्र
कोटेश्वर महादेवस्थान परिसरमा बाहिरपट्टि काईँयो एवं रूद्राक्षको चौतारो अगाडिको केही खुल्ला क्षेत्र समाजले फूलमाला र बेलपत्र आदिको विक्रीका लागि उपलब्ध गराएको छ । यहाँ हाल चार जना व्यक्तिले पसल राखी सुपथ मूल्यमा फूलमाला बेलपत्र आदि बिक्री गर्नु हुन्छ । पसल राखेवापत समाजलाई प्रतिपसल प्रतिमहिना रू.३५००।– शुल्क तोकिएको छ । यस्ता पसल कोटिहोम समय २०५४/५५ सालदेखि रहँदै आएको जानकारी हुन आएको छ ।
सार्वजनिक ऐनाको व्यवस्था
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि कोटेश्वर महादेव रामायण भजनमण्डलको पूर्व भित्तामा एउटा लं ७’ चौडाई ४’ साइजको पँहेलो रंग लगाइएको काठको फ्रेमसहितको ऐना पूर्वतर्फ फर्काई राखिएको छ । किसि अवालेले कोटेश्वर महादेवमा अर्पण गर्नुभएकोउक्त ऐनाको वर्तमान अवस्था राम्रो छ ।
राधाकृष्ण मन्दिर
कोटेश्वर महादेवस्थान परिसरमा मूल मन्दिरको पश्चिमतर्फको शार्दूलसँगै मनकामना मन्दिरको दक्षिणपाटोमा राधाकृष्णको युगलमूर्ति अवस्थित छ । दक्षिणतर्फ फर्केको यो मूर्ति भूईँदेखि १ं.५ फिट
उचाईमा शिलाको कमलपत्रको आसनमा उभिएका कृष्णले बाँसुरी बजाइरहेको स्वरूपको यो युगल जोडी प्रस्तर मूर्तिको उचाई १९” × चौडाई १३” छ । प्रस्तुत विग्रह कोटेश्वरनिवासी रेवती पोखरेलले २०५३/५४ सालमा स्थापना गर्नुभएको हो । मन्दिरको साइज लम्बाई १९” × चौडाई १३” × उ. १९” छ । पुजारीद्वारा विहान–बेलुका पूजा–आरती हुने गरेको यस देवविग्रह र मन्दिरको अवस्था राम्रो छ । कृष्णजन्माष्टमीमा विशेष पूजा हुने गरेको यस मन्दिरकोसमाजद्वारा २०७७ सालमा दाचिअप्पा ईँटाबुट्टालेजीर्णोद्वार गरिएको छ ।

चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग क्षेत्रको दोस्रो घण्ट
चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र कोटीश्वर महादेव क्षेत्रको शिलालेखको पूर्वतर्फ स्व. विष्णु खोटेजा/स्व. मंगलमाया खोटेजाको स्मृतिमा छोरी नानीमाया हाकु दुवालबाट २०८०–१०–२९ मा अर्पण लेखिएको रालोसहितको ढलौटको३४” परिधि र १४.५” उँचाइको घण्ट, दायाँ बायाँ पँहेलो रंग लगाइएको खम्बा र निदालमा अंकुशमा अड्याई झुण्ड्याइएको छ । घण्टको वर्तमान अवस्था राम्रो छ ।

चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग क्षेत्रको पहिलो घण्ट
चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र कोटीश्वर महादेव क्षेत्रको शिलालेखको पश्चिमतर्फ स्व. पिता देवीप्रसाद काफ्ले, माता नेत्रकुमारी काफ्लेसहित सम्पूर्ण पितृहरूको सम्झनामा छोरी मञ्जु काफ्ले अधिकारीद्वारा श्री कोटेश्वर महादेव मन्दिरमा अर्पण गरिएको छ भन्ने व्यहोरा लेखिएको ढलौटको ३४” परिधि र १४” उचाइको रालोसहितको घण्ट दायाँ बायाँ पहेँलो रंग लगाइएको फलामको खम्बा र निदालमा अंकुशमा अड्याई त्रिशूलहरूसहित झुण्ड्याइएको छ । घण्टको वर्तमान अवस्था राम्रो छ ।

शिवका १०८ नाम अंकित ग्रेनाइटको शिला
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि कोटेश्वर महादेव रामायण भजन मण्डलको पूर्व भित्तामा ठूलो ऐनाको उत्तरतर्फ ऐनासँगै कालो ग्रेनाइटमा पँहेलो अक्षरमा कुँदिएको भगवान् शिवका १०८ नाम अंकित शिला टाँस गरिएको छ । लम्बाई ४’× चौडाई २’ साइज सो नामावली शिला ढुङ्गाना परिवार कुसुन्ती, ललितपुरले२०७८ श्रावण २९ गते शुक्रवारका दिन अर्पण गर्नुभएको व्यहोरा शिलालेखमा उल्लेख छ । सो नामावलीकोहालकोअवस्था राम्रो छ ।

दुईवटा दानपात्रको व्यवस्थापन
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि २ वटा दानपात्र राखिएका छन् । एउटा मूल मन्दिरको अगाडि नवग्रह नजिकै राखिएको छ । मन्दिर आकारको लम्बाई २५” चांै. १८” उचाइ ६.५” को गजूरसमेत भएको यो पात्रमा सिन्दूर रंग लगाइएको छ । अर्को पात्र मूल मन्दिरको पछाडि चौंसठ्ठी शिवर्लिङ्ग एवं द्वादश ज्योतिर्लिङ्ग क्षेत्रमा कोटीश्वर महादेव क्षेत्रको प्रवेश नजिकै राखिएको छ । यो दानपात्र कालो रंगको सेफ हो। यो दानपात्रकोउचाइ ४१” चौडाइ १८”, लम्बाई १८” कोछ । दुवै दानपात्र फलामका छन्। समाजले आफ्ना सदस्यहरू बसी ३/३ महिनामा वा आवश्यकता अनुसार पनि दानपात्र खोलेर रकम गणना गरी समाजको खातामा जम्मा गर्ने गरिएको छ । दुवै दानपात्र हाल राम्रोअवस्थाका छन्।
लामो तातो पेटी
कोटेश्वर महादेवस्थान परिसरमा रहेको रामायण भजनमण्डल भवनको दक्षिणपट्टि बाहिरी भागको स्थान उपयोग गरी बस्न मिल्नेगरी एउटा लामो तातो पेटी बनाइएको छ । ढुङ्गा छापिएको सो पेटी १’×१०५’ लामो पूर्व–पश्चिम स्वरूपमा दक्षिणाभिमुख भै बस्न मिल्ने अवस्थाको छ । पेटीमा आवश्यकता अनुसार भक्त, बटुवा एवं स्थानीय व्यक्तिहरू बस्ने गरेकोदेखिन्छ । पेटीको अवस्था राम्रो छ।